नेप्से दोहोरो अंकले बढ्यो, वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण

नेप्से दोहोरो अंकले बढ्यो, वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । तिहार र छठमा १ साता बन्द भएको सेयर बजार सोमबारदेखि खुलेको हो ।

सोमबार बजार परिसूचक नेप्से १६.३९ अंकले वृद्धि भएर १८७४.८७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ ४.९३ अंकले वृद्धि भएर ३७०.८६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै विकास बैंक बाहेक सबै उपसूचकमा गिरावट भएको छ । प्रथम त्रैमासिक वित्तीय विवरणमा केही बैंकको नाफामा उल्लेख्य वृद्धि भएसँगै सेयर मूल्य पनि बढेको छ । जसले गर्दा बैंकिङ उपसूचक नै १.५२ प्रतिशतले बढेको छ । विकास बैंक उपसूचक भने ०.३९ प्रतिशतले गिरावट भएको छ ।

प्रकाशित मिति:     १४ कार्तिक २०७९, सोमबार  |    Himali Khabar