डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आयो, नेपालमा के होला ?

डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आयो, नेपालमा के होला ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेपछि इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइतबार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार पेट्रोलमा रु१.७४ प्रति लिटर, डिजेलमा रु १५.६० प्रति लिटर र हवाई इन्धनमा रु १०.२५ प्रति लिटरले बढेर आएको छ ।

नयाँ मूल्यले डिजेलमा रु ६.३४ प्रति लिटर घाटा र एलपी ग्यासमा रु ३२५.४४ प्रति सिलिन्डर घाटा हुने भएपनि पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति:     ३० आश्विन २०७९, आईतवार  |    Himali Khabar