पर्यटन बोर्डका कर्मचारी आन्दोलित

पर्यटन बोर्डका कर्मचारी आन्दोलित

काठमाडौं । विभिन्न माग अघि सार्दै नेपाल पर्यटन बोर्डका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन र नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले संयुक्त रुपमा विभिन्न मागहरु तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बन्द भएको राजस्व कार्यलय तत्काल सुचारु गर्न र पर्यटक सेवा शुल्कसम्बन्धी विवाद समाधन गर्न माग गरेका छन् ।

बोर्डको चालु आर्थिक वर्ष २०७९/८० को आम्दानी प्रक्षेपण स्वभाविक, प्राकृतिक, यथार्थपरक र वस्तुपरक हुने गरी बजेट तर्जुमा गर्न पनि उनीहरुको माग छ ।

बोर्डको उद्देश्य अनुकूल विदेशी पर्यटकको आगमन वृद्धि गरी विदेशी मुद्रा भित्र्याइ सरकार र पर्यटन व्यासायीलाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेट केन्द्रित गर्न समेत उनीहरुले माग गरेका छन् ।

प्रकाशित मिति:     ८ आश्विन २०७९, शनिबार  |    Himali Khabar