खोप लगाएका केहीको रक्तनलीमा रगत जम्ने समस्या देखिएपछि युरोपका तीन मुलुकले कोरोना खोप रोके

खोप लगाएका केहीको रक्तनलीमा रगत जम्ने समस्या देखिएपछि युरोपका तीन मुलुकले कोरोना खोप रोके

काठमाडौं, ३ चैत । युरोपका तीन मुलुक जर्मनी, फ्रान्स र इटालीले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेका कम्पनीले विकास गरेको कोरोनाभाइरस विरूद्धको खोप लगाउन रोकेका छन्।

खोप लगाएका केही मानिसहरूमा रक्तनलीमा रगत जम्ने समस्या देखिएको गुनासो आएको भन्दै यी मुलुकहरूले तत्कालका लागि यो खोप लगाउन रोकेका हुन्। यसअघि युरोपका अन्य मुलुकहरूले यो खोपलाई केही समयका लागि रोकेका थिए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड-अष्ट्राजेनेकाले बनाएको भ्याक्सिनको सुरक्षाबारे मंगलबार विज्ञहरूसँग छलफल गर्न लागेको जनाएको छ। उसले देशहरूलाई कोरोनाविरूद्धको खोप अभियानलाई निरन्तरता दिइरहन पनि भनेको छ।

डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले रक्तनलीमा रगत जम्ने र अष्ट्राजेनेकाको भ्याक्सिनबीच सम्बन्ध रहेकोबारे आफूहरूलाई जानकारी नभएको बताइन्।

प्रकाशित मिति:     ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar