कोरोना बीमाबापत साढे ४ अर्ब भुक्तानी

कोरोना बीमाबापत साढे ४ अर्ब भुक्तानी

काठमाडौं, २९ फागुन । कोरोना बीमाबापत हालसम्म साढे ४ अर्ब भन्दा बढी भुक्तानी भएको छ । बीमा समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कोरोना बीमा दाबीबापत ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको हो ।

समितिका अनुसार कारोना बीमामा ८४ हजार ८४७ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका ३ हजार ६३९ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । १० हजार ९७१ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

१० हजार ९४६ वटा दाबी भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुने प्रक्रियामा छ । ४ हजार २३३ वटा दाबीका फाइल अध्ययनका लागि पठाइने क्रममा रहेको समितिले जनाएको छ । त्यस्तै, ४८२ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण ‘नो क्लेम’मा राखिएको छ । १४ हजार ३९३ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति:     २९ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar