मेगा बैंकको कामु सिइओमा रविना देशराज श्रेष्ठ नियुक्त

मेगा बैंकको कामु सिइओमा रविना देशराज श्रेष्ठ नियुक्त

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् ।

नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा नियुक्त गरेको हो ।

विगत ३१ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत रहेकी छन् ।

प्रकाशित मिति:     ४ बैशाख २०७९, आईतवार  |    Himali Khabar