राष्ट्र बैंकले एक रूपैयाँका नयाँ सिक्का ल्याउँदै

राष्ट्र बैंकले एक रूपैयाँका नयाँ सिक्का ल्याउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउने बुधबारदेखि एक रूपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ।

राष्ट्र बैंकले पुरानै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको एक रूपैयाँको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो।

राष्ट्र बैंकले यसअघि गएको पुस ३० गते दुई रुपैयाँको पनि नयाँ सिक्का चलनचल्तीमा ल्याएको थियो।

प्रकाशित मिति:     २४ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar