५०० दरका नयाँ नोट बजारमा

५०० दरका नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ५०० दरका नयाँ नोट बजारमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ५०० दरका नयाँ नोट चलनचल्तीमा आएका छन्।

राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार ५०० दरका पुरानै आकार तथा रंगमा, संकेत नम्बर छ/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नोट चलनचल्तीमा आएका हुन्।

प्रकाशित मिति:     १० पुष २०७८, शनिबार  |    Himali Khabar