प्रोग्रेशिभ फाइनान्सले सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश दिने

प्रोग्रेशिभ फाइनान्सले सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले लाभांश घाेषणा गरेकाे छ । पछिल्लो २७ वर्ष यता लाभांश घोषणा नगरेको फाइनान्सले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

२०५१ सालमा स्थापना भएको संस्थाले हालसम्म सेयरधनीलाई लाभांश खुवाउन सकेको थिएन । संस्थाले सेयरधनीलाई ७ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस र ० दशमलव ३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ छ । ७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८५ करोड ६१ लाख रुपैयाँ नाघ्ने छ ।

प्रकाशित मिति:     २ पुष २०७८, शुक्रबार  |    Himali Khabar