नक्कली लालपुर्जा राखेर कर्जा प्रकण : कुमारीका डेपुटी सीईओलाई उन्मुक्ति

नक्कली लालपुर्जा राखेर कर्जा प्रकण :  कुमारीका डेपुटी सीईओलाई उन्मुक्ति

काठमाडौं । गायक योगेश्वर अमात्यको बाराको १२ बिघा जग्गाको किर्ते लालपुर्जा राखेर कर्जा लिएको मुद्दामा कुमारी बैंकका डेपुटी सीईओ अनुजमणि तिमिल्सिना विरुद्ध मुद्दा नचल्ने भएको छ।

विशेष सरकारी वकिल कार्यालयले उनी विरुध मुद्दा नचलाउने निर्णय गरेको हो। गायक योगेश्वर अमात्यको बाराको १२ बिघा जग्गाको किर्ते लालपुर्जा राखेर कर्जा लिएको मुद्दामा प्रहरीले कुमारी बैंकमाथि अनुसन्धान सुरु गरेको थियो। प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) ले बैंकिङ कसुरमा १३ जनालाई प्रतिवादी बनाएको थियो। तर सरकारी वकिले मुद्दै नचल्ने निर्णय गरेको हो।

प्रकाशित मिति:     २९ मंसिर २०७८, बुधबार  |    Himali Khabar