बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय

बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन हुने भएका छन् । अध्यक्षका लागि उम्मेदवारी दिन मंगलबार अन्तिम मिति रहेको थियो । अन्तिम समयसम्म उपाध्यायकोमात्रै उम्मेदवारी परेकाले उनी सर्वसम्मत संघको अध्यक्ष बन्ने पक्का भएको हो । यद्यपि घोषणा भने एक सातापछि अर्थात आगामी मंगलबार मात्रै हुनेछ ।

उनी यस अघि संघको उपाध्यक्ष थिए । संघमा दुई नयाँ सदस्यहरु समेत चयन हुने भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पूरा भएको र सनराइज बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल बैंकबाट बाहिरिए पछि दुई सदस्य रिक्त थियो ।

प्रकाशित मिति:     १८ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar