कुमारी इक्विटी फण्डमा २८ गतेसम्म आवेदन दिने सकिने

कुमारी इक्विटी फण्डमा २८ गतेसम्म आवेदन दिने सकिने

काठमाडौं, १८ फागुन । कुमारी इक्विटी फण्डमा आवेदन दिने समय थप गरिएको छ । कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने समय थप गर्दै फागुन २८ गतेसम्म पुर्याएको हो ।

तर मागभन्दा बढी इकाईका लागि आवेदन परेमा यो समय भन्दा अघि नै निष्काशन बन्द गर्न सक्ने क्यापिटलले जनाएको छ । कुमारीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो।

यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

प्रकाशित मिति:     १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar