मंगलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै

मंगलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै

काठमाडौं,१८ फागुन । नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले फागुन १९ गते निष्कासन गर्न लागेको यस ऋणपत्र मंगलबार १८ गते दिउँसो ३ बजे बोलकबोल गर्न लागेको हो ।

विकास ऋणपत्र २०८५ ‘ङ’ नाम दिइएको यसको अवधि ८ वर्ष हुनेछ । जसअनुसार २०७७ फागुन १९ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८५ फागुन १९ गते परिपक्व हुनेछ । ऋणपत्र सर्वसाधारण नागरिक, बैंक तथावित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन् ।

ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ ।

प्रकाशित मिति:     १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar