‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा

‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा

काठमाडौं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरले‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ। यो योजना लगातार ६१ दिनसम्म चल्ने छ।

यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६१ दिनसम्म हरेक दिन १ जना विजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरिने छ। साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सक्नेछन्।

कम्पनीकाअनुसार यस यो उपहार योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। यो अवधिभरी सिटी एक्सप्रेसमार्फत् देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेतालाई विद्युतीय प्रणालीद्वारा छनौट गरिनेछ। यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुनेछैन।

प्रकाशित मिति:     ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar