दशैंका लागि असोज ४ देखि नयाँ नोट साट्न पाइने

दशैंका लागि असोज ४ देखि नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । वाणिज्य बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको हो ।

उनका अनुसार सर्वसाधारणले आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउने छन् । नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र बाणिज्य बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइनेछ ।

एक व्यक्तिले बढीमा १८ हजार ५ सय रुपैयाँसम्म सटही गर्न सक्नेछ ।

प्रकाशित मिति:     २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar