काठमाडौं, १६ फागुन । मुक्तिनाथ विकास बैंक अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तर्गत आजदेखि आउँने २३ गतेसम्म महिला पेवा बचत खाता खोलेमा निःशूल्क मुक्तिनाथभिसा डेबिट कार्ड पाउने छन् ।
यसका लागि ग्राहकले डेबिट कार्डको फारम या आवेदन पनि यही अफर समय भित्र दिनुपर्ने छ । नारीलाई नारी दिवसको शुभकामनादिन र बचतको प्रोत्साहनगर्न बैंकले यो अफर ल्याएको बैंकले जनाएको छ।