सांसदहरूको तलब भत्ता अब सरकारी बैंकबाट

सांसदहरूको तलब भत्ता अब सरकारी बैंकबाट

काठमाडौं । सांसदहरूको तलब भत्ता अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत् भुक्तानी हुने भएको छ। यसअघि संघीय स‌ंसद् सचिवालयले सांसदहरूको तलब भत्ता निजी बैंकमार्फत् उपलब्ध गराउँदै आएको थियो।

लामो समयको प्रयत्नपछि नीजि बैंकबाट हुँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत् प्रारम्भ गरिएको संसद् सचिवालयले जनाएको छ। यसअघि संघीय संसद्को बैठकमा माननीय सदस्यहरूले पटक पकट सरकारी खाता निजी बैंकमार्फत् सञ्चालन गरिएको विषय उठाउँदै आएका थिए । अन्य सार्वजनिक कार्यक्रमहरु र सञ्चारमाध्यमहरुमा समेत यो विषय उठ्न थालेको थियो ।

प्रकाशित मिति:     १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar