स्प्रेड दर ३.५ प्रतिशत कायम गराउन माग

स्प्रेड दर ३.५ प्रतिशत कायम गराउन माग

काठमाडौं । मौद्रिक नीतिमा बैङ्कको स्प्रेड दरलाई ३.५ प्रतिशत कायम गराउन पूर्वका उद्योगी–व्यवसायीले अर्थमन्त्रीसँग आग्रह गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग उद्योग वाणिज्य सङ्घ मोरङको टोलीले भेटेर यस्तो सुझाव दिएको हो ।

सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले स्प्रेड दर अधिकतम ३.५ प्रतिशतको कायम गर्न माग गरिएको बताउनुभयो । पूर्वअध्यक्ष एवं संविधान सभा सदस्य पवन शारडा, पूर्वअध्यक्ष महेश जाजु, अध्यक्ष मुन्दडा र वरिष्ठ उपाध्यक्ष नवीन रिजालको टोलीले अर्थमन्त्रीलाई बिहीबार सुझाव दिएको हो ।

कोरोनाले थलिएको औद्योगिक तथा व्यवसायी क्षेत्र उकास्न बैङ्कको ब्याज मिनाहा, कर्जा भुक्तानी अवधि थप, क्रेडिट रेटिङ पब्लिक लिमिटेड कम्पनीका लागि ५० करोडको सीमा र प्राइभेट कम्पनीका लागि दुई सय करोड निर्धारण गर्नुपर्ने माग गरिएको छ । यसैगरी कर्जा तथा पुनर्कर्जा प्रक्रिया सरलीकृत हुनुपर्ने मागलाई प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मिति:     ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar