सनराइज बैंकले सुरु गर्‍यो ‘कार्डलेस’ भुक्तानी सेवा

सनराइज बैंकले सुरु गर्‍यो ‘कार्डलेस’ भुक्तानी सेवा

काठमाडौं। सनराइज बैंकले कार्डलेस भुक्तानी सेवा सुरु गरेको छ। यस अन्तर्गत सेवाग्राहीले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोग गरेर ‘कार्डलेस विथड्रल’ अप्सनमा गएपछि आफूले चाहेको रकम झिक्न सक्नेछन्।

यसो गर्दा ग्राहकहरूको मोबाइल ओटिपी कोड आउँछ, जसको प्रयोगले कार्ड बिनै सजिलै रकम भुक्तान गर्न सकिने बैकले बताएको हो। यस प्रकारको सुविधा सनराइजका सम्पूर्ण सेवाग्राहीले देशभरका १६१ वटा एटिएमबाट लिन सकिने बैकले जनाएको छ।

प्रकाशित मिति:     ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar