सार्वजनिक सवारीमा जीपीएस ट्रयाकिङ शुरु

सार्वजनिक सवारीमा जीपीएस ट्रयाकिङ शुरु

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा ‘जीपीएस भेहिकल-ट्रयाकिङ सिस्टम’ को प्रयोग शुरु गरेको छ । परीक्षणका रूपमा शुरुआतको चरणमा ‘फर्स्ट कम, फर्स्ट सर्भ’का आधारमा १०० वटा सवारीमा निःशुल्क सेवा दिएर प्रोत्सहान गर्ने योजना छ ।

पहिलो दिनमा आइतबार १७ वटा सार्वजनिक बसमा यस्तो ट्रयाकिङ सिस्टम जोडिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनका अनुसार काठमाडौं-पोखरा, काठमाडौं-वीरगञ्ज काठमाडौं-बर्दिबास-जनपुर रुटमा चल्ने सवारीबाट यसको शुरुवात गरिएको हो ।

प्रकाशित मिति:     १३ मंसिर २०७८, सोमबार  |    Himali Khabar