घुस दिन खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी सम्मानित

घुस दिन खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी सम्मानित

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३जना ट्राफिक प्रहरी सम्मानित भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ति ट्राफिक प्रहरीलाई मंगलबार एक कार्यक्रमका बीच पुरस्कृत एवं खादा ओढाएर सम्मान गरेको हो। सम्मानित हुनेहरु मध्ये२० जना ट्राफिक प्रहरीलाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ। यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने विश्वास महाशाखाले गरेको छ।

प्रकाशित मिति:     १६ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar