निषेधाज्ञामा यी व्यक्तिहरुलाई चाहिदैन पास

निषेधाज्ञामा यी व्यक्तिहरुलाई चाहिदैन पास

काठमाडौं। उपत्यकाका बिहीबारदेखि १५ दिनका लागि निषेधाज्ञा लागू गरिएको छ। यो अवधीमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ ।

आजबाट प्रशासनले निषेधाज्ञामा केही कडाइ गरेको छ। विहानैदेखि चोकचोकमा चेकिङ तीब्र पारिएको छ भने अनावश्यक हिडडूल गर्नेलाई होल्डमा राखिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बिहीबारको आदेश उल्लङ्घन गर्ने दुई हजारी बढीलाई होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ ।

प्रकाशित मिति:     १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar