कोभिड परीक्षणका लागि सरकारले नयाँ शूल्क तोक्ने

कोभिड परीक्षणका लागि सरकारले नयाँ शूल्क तोक्ने

काठमाडौं । सरकारले कोभिड–१९ को परीक्षण (पीसीआर टेष्ट) को नयाँ शुल्क तोक्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलका अनुसार मंगलबार बेलुकी वा बुधबारसम्म नयाँ शुल्कको विषयमा निर्णय हुनेछ ।

हाल विगतमा सरकारले गरेको निर्णय अनुसार नै निजी अस्पतालहरुले पीसीआर टेष्टका लागि २ हजार रुपैयाँ लिँदै आएका छन् । तर, यो अहिलेको सन्दर्भमा महंगो भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि स्वास्थ्य सचिव पोखरेलले नयाँ शुल्क तोक्ने तयारी भएको जानकारी दिएका हुन् ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सचिव पोखरेलले भने, ‘शुल्क समायोजनको समिति बनेको छ । त्यसको सिफारिसको आधारमा हामी आज बेलुका वा भोलिसम्म एउटा निर्णय गरेर निजी र सरकारी अस्पतालको पीसीआर शुल्क पुनः समायोजन गर्ने र आवश्यकता अनुसार पीसीआर फ्री गर्ने गरी एउटा निर्णयमा जान्छौं ।’

प्रकाशित मिति:     ४ माघ २०७८, मंगलवार  |    Himali Khabar