जनकपुरधाम । महोत्तरीमा नेपाली तथा भारतीय रुपैयाँको नक्कली नोट छापेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका-९ डुमरवाना घर भइ सोही नगरपालिकाको वडा-५ गौशाला बजारस्थित महावीर दासको घरमा कोठा लिएर बस्दै आएका ४४ बर्षीय सुकन महतो छन् ।महतोलाई नक्कली बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले बताए ।