काठमाडौं। यही साता सुनौली नाका हुँदै गैरकानुनी रुपमा नेपाल भित्रिएका ११ अफगानी नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राजधानीको सिनामंगलबाट अफगान नागरिकलाई नियन्त्रणमा लिएको हो।
राष्ट्रसंघीय शरणार्थी उच्चायोगले काठमाण्डौंमा उनीहरुलाई राखिरहेको गोप्य सूचना पाएपछि प्रहरीले खोजतलास सुरु गरेका थियो।
‘आज सिनामंगलस्थित उनीहरु बसिरहेको घरमा छापा मार्दा ११ अफगानिस्तानका नागरिकलाई नियन्त्रणमा लिइएको हो।’ ब्यूरोका सूचना अधिकारी श्यामकुमार महतोले भने।