मोटरहेड बाइक नेपालमा, यस्ता छन् विशेषता

मोटरहेड बाइक नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं । एसजी समूहको एक सहायक कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । मोटरहेड मोटरसाइकलको नेपालको लागी अधिकृत विक्रेता एसएलआर कम्पनीले अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गर्दछ ।

एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड ब्रान्ड ५ वर्षदेखि नेपालको दुईपाङ्ग्रे बजारमा– डर्ट सेगमेन्टको रूपमा परिचित गराएको छ । त्यसबाहेक, कम्पनीले क्रसओभर र स्क्र्याम्बलर सेगमेन्टहरूलाई पनि लोकप्रिय बनाउन धेरै प्रयास गरेको छ । मोटरहेड बाइक नेपालको सबै भू–भागको लागि उपयुक्त हुनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, प्रशंसनीय पिक अप, पावर र आरामका लागि परिचित रहेको कम्पनीको दाबी छ ।

सार्वजनिक भएको मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा ४ लाख ५ हजार रुपैयाँ पाइने छ भने यसमा २२३ सीसी क्षमताको इन्जिन रहेको छ । यो बाइकले अधिकतम १२।५ किलोवाट पावर र टर्क १७ एनएम दिने बताइएको छ ।

प्रकाशित मिति:     २ आश्विन २०७८, शनिबार  |    Himali Khabar