पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने विषयमा सरकार किन मौन ?

पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने विषयमा सरकार किन मौन ?

काठमाडौं, २७ फागुन । कोरोना प्रभावित नेपालको पर्यटन क्षेत्र पुनरुत्थानका लागि पर्यटन व्यवसायीहरुले राखेको ९ बुदे माग सम्बोधनमा सरकारले कुनै चासो दिएको छैन ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान), नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान), नेपाल पर्वतारोहण संघ (एनएनएम) लगायत ३७ वटा पर्यटकीय संघसंस्थाले संयुक्त पत्रकार सम्मेलन र पर्यटन सचिब यादव प्रसाद कोइरालालाई भेटेर ९ बुदे माग सम्बोधनका लागि आग्रह गरेपनि अझै सुनुवाइ भएको छैन ।

पर्यटक आगमन वृद्धिका लागि ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुका हकमा ५ दिनसम्म अनिबार्य क्वारेण्टाइनमा बस्नपर्ने प्रावधान हटाउनुपर्ने, अनलाइन र अराइभल भीषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भीषाको ब्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्ने वा तोकिएको सवास्थ निकायबाट नमुना सन्कलन गर्ने, हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने, कोरोना विरुद्धको भ्याक्सिन प्राथमिकताका साथ अग्रपन्ति रहि काम गर्ने पर्यटन ब्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउनुपर्ने लगायत माग छ ।

यस्तै नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने,कोरोना विरुद्धको भ्याक्सिन पुरा मात्रा लगाई आएका पर्यटकलाई सहज र निर्वाध रुपमा घुम्न दिनुपर्ने छ ।

सरकारलाई कोरोना प्रभावित पर्यटन क्षेत्र चलायमान बनाउन सामान्य माग राख्दा पनि सम्बोधन नगरेको टानका अध्यक्ष खुम बहादुर सुबेदिले बताए । उनले तत्काल यो मागलाइ सम्बोधन गरि यो सिजनमा नेपाल आउन तयारी गरेकालाई नेपाल आउन सहज बनाइदिन सरकारसंग आग्रह गरे ।

प्रकाशित मिति:     २७ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar