अमेरिकी दूतावासले भन्यो : सैन्य गठबन्धनको कुनै सम्झौता प्रस्ताव गरिएको छैन

अमेरिकी दूतावासले भन्यो : सैन्य गठबन्धनको कुनै सम्झौता प्रस्ताव गरिएको छैन

काठमाडौ । नेपालस्थित अमेरिकी दूतावासले नेपालसँग कुनैपनि सैन्य गठबन्धन भएको वा प्रस्ताव नगरिएको दाबी गरेको छ। दूतावासले १० बुँदे सहमति पनि नगरिएको दाबीसमेत गरेको छ।

नेपालमा दुई देशको संयुक्त सैन्य अभ्यासका लागि अमेरिकाको एक राज्यसँग ‘स्ट्राटेजिक पार्टनरसीप प्रोग्राम’ (एसपीपी) सम्झौता गर्न लागिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दूतावासले फेरि यसबारे बोलेको हो।

दूतावासले अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुन दबाब नदिएको दाबी पनि गरेको छ। यसअघि अमेरिकी दूतावासले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै भनेको नेपाल र अमेरिकाबीच सैन्य सम्झौता हुने भनेर सार्वजनिक दस्तावेज असत्य भएको बताएको थियो।

प्रकाशित मिति:     २ असार २०७९, बिहीबार  |    Himali Khabar