धेरै समय इयरफोन प्रयोग गर्ने बानी छ ? यस्ता समस्या आउन सक्छ

धेरै समय इयरफोन प्रयोग गर्ने बानी छ ? यस्ता समस्या आउन सक्छ

काठमाडौं, ६ फागुन । मानिसका अनेकन चाहना हुन्छन् । यात्राका क्रममा होस् वा घरमा बस्दा नै किन नहोस् । कानमा एयरफोन राखिरहनुपर्ने, गीत संगीत सुनिरहनुपर्ने । कलेज पढ्न जाने विद्यार्थी हुन् वा कार्यालयमा काम गर्न गएका कर्मचारी नै किन नहुन्, उनीहरुको कानमा सदा सर्वदा एयरफोन नै झुण्डिरहेको हुन्छ ।

मनोरञ्जन गर्ने भन्दै कानमा नै इयरफोन लगाएर बस्ने प्रचलन हेर्दा स्टाइलिस भएपनि त्यसले स्वास्थ्यमा पार्ने प्रभाव भने दीर्घकालीन हुने अध्ययनले देखाएको छ । लगातार इयरफोन प्रयोग गर्दा कान नसुन्ने तथा बहिरो हुने सम्भावना बढी रहन्छ । बढी प्रयोग गर्नेको कानमा ३० प्रतिशत बढी समस्या देखिएको छ ।

कोरोनाका कारण पछिल्ला दिनमा मानिस अझै बढी घरमा बस्ने , मोबाइल तथा ल्यापटपको स्क्रिनमा नै खर्च गर्ने प्रवृत्ति बढेको छ । स्क्रीनमा बढी समय लगाउनुका साथ साथै कानमा हेडफोन प्रयोग गर्नेपनि उत्तिकै बढेका छन् । कुनै पनि कुराको बढी प्रयोग आफैमा हानीकारक हुन जान्छ । कानमा दर्द तथा फंगल इन्फेक्सन तथा सुन्नमा बढी समस्या हुने देखिएको छ । मुम्बईमा रहेको फोर्टिस अस्पतालमा विगतको तुलनामा कानमा बढी समस्या आएको पाइएको छ । अस्पतालका अनुसार विगतमा भन्दा ३० प्रतिशत बढी कानको समस्या देखिएको छ ।

वर्क फ्रर्म होम, अनलाइन क्लास तथा अनलाइन गेम तथा गीत तथा संगीत सुन्न घण्टौ घण्टासम्म इयरफोन प्रयोग गर्दा समस्या खडा भएको छ । भोपालका नाक , कान घाटी विशेषज्ञ डा राहुल अग्रवालका अनुसार इयरफोन लगातार प्रयोग गर्दा कानमा जाने ब्याक्टेरियाका कारण इनफेक्सनमा समेत वृद्धि भएको छ । यस्तै बहिरोपनको समस्या समेत बढेर गएको छ । डा अग्रवालका अनुसार लामो समयसम्म तिखो आवाजमा इयरफोन प्रयोग गर्नेलाई ठूलो नोक्सानी हुन जान्छ । उच्च आवाजका कारण मानसिक समस्या समेत आउन सक्छ ।

केही सामान्य काम गर्दा समेत इयरफोनबाट हुने समस्याबाट जोगिन सकिन्छ । जानकारहरुका अनुसार लगातार इयरफोनको प्रयोगबाट आफै बच्नुपर्छ ।त्यसको प्रयोग गर्दा ध्यान दिनुस कि आवाज ठूलो बनाउनु भएन । सानो आवाजमा सुन्ने प्रयास गर्नुस । आजकलका स्मार्ट फोनले भोल्यूमको विषयमा आफै जानकारी दिन्छ । जुन लेवलमा खतरा हुन्छ, त्यसैमा नै जानकारी दिन्छ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar