जाजरकोटमा भिरबाट लडेर जनप्रतिनिधिको मृत्यु

जाजरकोटमा भिरबाट लडेर जनप्रतिनिधिको मृत्यु

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका२ की वडासदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ। भिरबाट लडेर गम्भीर घाइते भएकी नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

भेरी २ डिंगास्थित घरबाट वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन बाहुनथाना जाँदै गर्दा नेपाली भिरबाट लडेर घाइते भएकी थिइन्। घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन्।

प्रकाशित मिति:     ९ असार २०७८, बुधबार  |    Himali Khabar