धनगढीमा सात कोरोना संक्रमित एम्बुलेन्सबाटै भागे

धनगढीमा सात कोरोना संक्रमित एम्बुलेन्सबाटै भागे

कैलाली । धनगढीमा आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै भागेका छन् । बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो ।

त्यसपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए । ती संक्रमितहरु भारतको बेली जंगलतर्फ भागेका छन।

प्रकाशित मिति:     १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar