आलु महोत्सवमा रम्दै भीरकोट

आलु महोत्सवमा रम्दै भीरकोट

काठमाडौं, ६ फागुन । स्याङ्जाको भीरकोट नगरपालिकामा आलु महोत्सव हुने भएको छ । नगरपालिकाको वडा नम्बर ५ स्थित पकानमा ७ र ८ फागुनमा महोत्सव हुन लागेको हो । आलु महोत्सव जिल्लामै पहिलो पटक हुन लागेको नगरप्रमुख छायाराम खनालले बताए ।

महोत्सवले कृषकलाई प्रेरणा र उत्साह जगाउने उनको भनाइ छ । यसले कृषिमा नयाँ आयाम थपिने उनको दाबी छ । पकानका कृषकले यसपटक ३ सय रोपनी क्षेत्रफलमा सामूहिक आलु खेती गरेको वडाध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar