काठमाडौं । नारायणघाट–मुग्लिन सडक खण्डमा खसेको भीमकाय ढुंगो फोर्न सुरु गरिएको छ। हेटौंडाबाट ल्याइएको रक ब्रेकरले फोर्न सुरु गरेको हो ।
यसअघि मुग्लिनबाट रक ब्रेकर लैजाने भनिए पनि पहिरोका कारण सम्भव नभएपछि हेटौंडाबाट ल्याइएको थियो। रक ब्रेकरले ढुंगा फोर्दा बाटो एकतर्फी रूपमा चलिरहेको छ।
गत बिहीबार दासढुंगाबाट केही अगाडि १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगो माथि पहाडबाट सडकमा खसेको थियो।