हेलम्बु गाउँपालिका ३ का ५० घरपरिवारलाई राहत वितरण

हेलम्बु गाउँपालिका ३ का ५० घरपरिवारलाई राहत वितरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढि-पहिरो पिडितलाई राहत वितरण गरिएको छ । हिमाली खवर डटकमको संयोजनमा मेचीमहाकाली सामाजिक संस्था र बिएसएन एण्ड लियो क्लब अफ काठमाडौं सिद्धिले बाढि- पहिरोमा परी घरबार बिहिन भएका हेलम्बु गाउँपालिका वडा नम्बर ३ का ५० घरपरिवारलाई राहत वितरण गरेको हो ।

आज वडा अध्यक्ष छिरिङ लामाको उपस्थितिमा मेचीमहाकाली सामाजिक संस्थाका सक्रिय सदस्य सरिता श्रेष्ठले वडा ३ पाल्चोकको गैरावेशीका ५० घर परिवारलाई प्रतिघर परिवार १ बोरा चामल, १ लिटर तेल, नुन, ३ किलो चिउरा, दाल, झुल, त्रिपाल, मास्कसहितका सामाग्री तालामाराङबाट पीडित परिवारलाई वितरण गरेकी हुन ।

यस्तै सोही वडाकाे स्वास्थ चौकीलाई स्वास्थ्य सामाग्री, स्थानीय विद्यालयका केही छात्राका लागि सेनिटरि प्याड् र मेलम्ची नगरपालिकामा रहेको मेलम्ची एफएमलाई एकथान कम्प्युटर पनि प्रदान गरेका हुन ।

यो कठिन समयमा पिडित परिवारलाई सहयोग प्रदान गरेकोमा वडा अध्यक्ष लामाले खुसी व्यक्त गर्दै सहयोगी संस्थाप्रती आभार प्रकट गरे ।

त्यस्तै मेचीमहाकाली सामाजिक संस्थाका सक्रिय सदस्य सरिता श्रेष्ठले आफुहरुको आग्रहलाई स्विकार गर्दै पीडितलाई राहत वितरणमा सहयोग गर्ने सबैलाई विशेष आभार प्रकट गरिन । उनले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिने पनि जनाइन् ।

प्रकाशित मिति:     ८ असार २०७८, मंगलवार  |    Himali Khabar