यसपालिको मनसुन जोखिमपूर्ण हुने अनुमान

यसपालिको मनसुन जोखिमपूर्ण हुने अनुमान

काठमाडौं । नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।

गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति व्यहोरेको मुलुकसामू सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण हुने अनुमान मौसमविदले गरेका हुन।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ। उक्त चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपदबाट झण्डै चार सय मानिसको मृत्यु भएको थियो।

प्रकाशित मिति:     २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar