काठमाडौं । गाउँले पर्यटन –नेपाल (भिटोन) का अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले काठमाडौंको माच्छापोखरीस्थित दिपज्योती स्कूल क्षेत्रका अशक्त, अपाङ र आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत प्रदान गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण दैनिकी चलाउन समस्या परेका १५ घरपरिवारलाई भिटोन र पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता स्वर्गीय सूर्यबहादुर थापा प्रतिष्ठानले संयुक्त रुपमा दाल, चामल, नुुन, तेल, मास्क लगायतका सामाग्रीहरु प्रदान गरेको अध्यक्ष शर्माले जानकारी दिए ।
शर्मा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनालाई जितेर पुनः समाजसेवामा फर्किएका हुन । उनले पहिलो चरणको लकडाउनदेखि नै आर्थिक अवस्था कमजोर भई दैनिकी चलाउन समस्या भएका परिवारहरुलाई खाद्यन्न, मास्क, सेनिटाइजर लगायतका सामाग्री सहयोग प्रदान गर्दै आएका छन् । महामारीको समयमा केही सहयोग गरेर गरीब असहायको पीडामा मल्हम लगाउन पाउँदा आफूलाई खुशी लाग्ने भन्दै उनले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बाचा गरे ।
पर्यटनमा तीन दशक बिताइसकेका शर्मा पछिल्लो समय नेपालको ग्रामीण पर्यटन प्रवद्र्धनमा केन्द्रित छन् ।