अध्यक्ष अधिकारीद्वारा तारकेश्वर–४ भञ्ज्याङखर्कमा निर्माण गरिएको शैक्षिक पार्कको उद्घाटन

अध्यक्ष अधिकारीद्वारा तारकेश्वर–४ भञ्ज्याङखर्कमा निर्माण गरिएको शैक्षिक पार्कको उद्घाटन

नुवाकोट । तारकेश्वरमा गाउँपालिका वडा नं ४ को भञ्ज्याङखर्कमा शैक्षिक पार्क निर्माण गरिएको छ । आज उक्त पार्कको पालिका अध्यक्ष शिव अधिकारीले उद्घाटन गर्नुभएको हो ।

पार्कको औपचारिक उद्घाटन एवम् असल अभ्यास आदान प्रदान कार्यक्रममा अध्यक्ष अधिकारीले पालिका भित्रको शैक्षिक सुधारमा आफू प्रतिवद्ध भएर लागेको जनाउनुभयो । उहाँले शिक्षकहरुलाई कसैको लहड वा उक्साहटमा नलगानी शैक्षिक सुधारमा लाग्न आग्रह गर्नुभयो । ‘शिक्षक सरुवा लहड भन्दा पनि असल अभ्यास आदान–प्रदान र शैक्षिक सुधारकै लागि गरिएको हो,’ उहाँले भन्नुभयो, ‘तर यसलाई राजनीतिक रंग दल्ने काम भयो, यतीसम्म की यो सरुवा त शिक्षकहरुलाई कारबाही गरेको, अध्यक्षले राजनीतिक पूर्वाग्रह साधेको भनेर नकारात्मक भाष्य समेत निर्माण गर्न खोजियो । तर त्यो होइन् तपाईहरुको क्षमताको थप प्रोत्साहनका लागि गरिएको हो ।’

उहाँले बिचलित नभई आफ्नो क्षेत्रमा गएर काम गर्न आग्रह समेत गर्नुभयो । शिक्षकहरुको सुरक्षा र हकहितका लागि आगामी दिनमा थप प्रभावकारी कामहरु गर्ने प्रतिवद्धता जनाउँदै उहाँले आागमी दिनमा क्षमता अनुसार शिक्षक, राजनीतिक दल र वुद्धिजीविहरुको छुटै संयन्त्र बनाएर नागरिक र विद्यार्थीले खोजेको अनि शिक्षकले रोजको स्थानमा खटाउने प्रतिवद्धता पनि जनाउनुभयो ।

उक्त कार्यक्रममा अवकास प्राप्त शिक्षकहरुलाई सम्मान गर्नुका साथै शैक्षिक पार्क लेखन समितिलाई १०–१० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति:     १९ फाल्गुन २०८०, शनिबार  |    Himali Khabar