काठमाडौंको सार्वजिनक स्थानमा होली खेल्न रोक

काठमाडौंको सार्वजिनक स्थानमा होली खेल्न रोक

काठमाडौं, १२ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ। कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा चैत १५ गते र तराईमा १६ गते होली मनाइँदै छ। यस्तै, सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

प्रकाशित मिति:     १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar