काठमाडौं, २७ चैत । बोधि मार्ग दर्शन मैत्री धर्मका प्रतिपादक सर्वज्ञ परम पूज्यनीय महा सम्बोधि धर्म संघ गुरुज्युको ३२ औं जन्मोत्सव आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । यस धर्मका अनुयायीहरुले आज बिहानैदेखि गुरुज्यूको भौतिक शरीरको सुस्वास्थ, दीर्घायुको असंख्य कामना प्रकट गर्दै अपार आदरसम्मान , बिश्वासपूर्ण श्रद्धा, भक्ति, आस्थाभावपूर्ण प्रार्थना गर्दै जन्मोत्सव मनाइरहेका छन् ।
“ गुरुज्यूले सर्वजगत कल्याणहेतु श्रृष्टि गर्नुभएको बोधिमार्ग, मार्ग गुरु र गुरुमार्ग दर्शनहरू मध्य मार्ग गुरुमार्ग दर्शनमा आधारित सन्यासी गुरुमार्ग, संन्यासी महा माआत्मा गुरुमार्ग, गृहस्थी माआत्मा गुरुमार्ग, सर्वसाधारण गुरुमार्ग दर्शनहरू प्रदान गरी मानव आत्माको परम्मोक्षको मार्ग र स्थान सुनिश्चित गराउनु भएकोमा हामी संघ, भक्त, अनुयायी र धर्मप्रेमीहरू यस अति दुर्लभ क्षेणमा उहाँ महा सम्बोधि धर्म संघ गुरुज्यूमा अनन्त हार्दिक अपार कृतज्ञता प्रकट गर्दछौं । र, आज उहाँ गुरू हजुरमा सर्व जगतको कल्याण, सहवास, सहअस्तित्व, सहजीवन, शान्ति र मुक्ति मेक्षको अनन्त प्रथना गर्दछौँ । ” बोधि श्रवण धर्म संघ केन्द्रीय समितिले जन्मोत्वसको अवसरमा जारी सन्देशमा उल्लेख छ ।
किशोरअवस्थाका रामबहादुर वमजन दैवी शक्तिको प्रवेशपछि बाराको हलखोरिया जङ्गलमा गुप्त तपस्यामा लीन भएका थिए । ज्ञान प्राप्त भएपछि महासम्बोधी धर्म सङ्घ गुरुका नामले चिनिनुहुने उनको यतिबेला संसारभरी भक्तहरू रहेका छन् र नेपालमा पनि उनीद्वारा प्रतिपादित मैत्रीय धर्मको ब्यापक विस्तार हुँदै गएको छ ।