धनगढीबाट पनि परीक्षणकालीन लाइसेन्स वितरण सुरु

धनगढीबाट पनि परीक्षणकालीन लाइसेन्स वितरण सुरु

धनगढी । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण सुरु भएको हो। सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमति पत्रका लागि १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो।

अब परीक्षणकालीन अनुमतिपत्र वितरण सुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ। परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधिमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले बताए। उनले चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको बताए।

प्रकाशित मिति:     १३ आश्विन २०७८, बुधबार  |    Himali Khabar