असोज १५ गतेदेखि अन्नपूर्ण आधार शिविर खुल्ने

असोज १५ गतेदेखि अन्नपूर्ण आधार शिविर खुल्ने

काठमाडौं । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेबाट भ्रमणका लागि खुल्ने भएको छ । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेको हो। कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो ।

कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना संक्रमणदर घटेको, खोपको व्यवस्था भएको, थलिएको पर्यटन व्यवसाय उठाउन तथा जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटकस्थल खुलाउने निर्णय लिइएको बताए । अन्नपूर्ण आधार शिविर, भुरुङ, पाउद्धार, रातोपानी र सेकार्कुको कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, फूलबारी, खोपारा लेक, बयली, रुप्से, अन्धगल्छी, महभिर तथा नारच्याङ झरनालगायत पर्यटकीयस्थलका होटल तथा लज खुलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति:     ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar