कांग्रेसको बेलकोटगढी नगर सभापतिमा मुडभरीको प्यानल सार्वजनिक

कांग्रेसको बेलकोटगढी नगर सभापतिमा मुडभरीको प्यानल सार्वजनिक

नुवाकोट । यतिबेला नेपाली कांग्रेसलाई केन्द्रदेखि स्थानीय तहसम्म १४ औं महाधिवेशनको चटाराे छ । विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।

सोही क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिकामा सभापतिका लागि आकांक्षीले उम्मेदवारी घोषणा गरेका छन् । बेलकोटगढीमा कांग्रेस युवा नेता लेखनाथ मुडभरीले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

मुडभरीको प्यानलबाट उपसभापतिमा दुर्लभबहादुर तमाङ र दुर्गा बहादुर पुडासैनी उम्मेदवार बनेका छ्न । यस्तै सचिवमा हर्क बहादुर तामाङ र प्रेम प्रसाद लामिछाने, सहसचिवमा राजुमान लामा र अर्जुन प्रसाद दाहालले उम्मेदवारी घोषणा गरेका छ्न ।

कांग्रेसको१४ औं महाधिवेशन अन्तर्गत स्थानीय तहको निर्वाचन यहि ९ गते हुँदै छ ।

प्रकाशित मिति:     ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar