काठमाडौं, ८ फागुन । प्रदेश २ सरकारले प्रदेश प्रमुख तिलक परियार बर्खास्ती र नयाँ नियुक्तिप्रति आपत्ती जनाएको छ । प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रमुख बर्खास्तीको निर्णयलाई प्रतिगमन र निरंकुश भनेका छन् ।
विभेदरहित प्रदेश बनाउने आफूहरूको योजनामा संघीय सरकार बाधक बनेको आरोप पनि उनले लगाए । प्रदेश प्रमुख परियारलाई यथावत् राख्नुपर्ने माग प्रदेश सरकारको रहेको उनले बताए । अन्यथा प्रधानमन्त्री केपी ओलीविरुद्ध आन्दोलनमा जाने चेतावनीसमेत उनले दिए । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर राजेश झालाई नियुक्त गरेकी थिइन् ।