हुम्लाका पाँच स्थानीय तहको हिउँदे अधिवेशन सुरु भएन

हुम्लाका पाँच स्थानीय तहको हिउँदे अधिवेशन सुरु भएन

हुम्ला, ७ फागुन । हुम्लाका पाँच स्थानीय तहले फागुन लाग्दासम्म पनि हिउँदे अधिवेशन गर्न सकेका छैनन् । यो अधिवेशनमा आर्थिक वर्ष २०७७÷७८ को ६ महिनाको योजना, कार्यक्रम र तत् सम्बन्धी गतिविधिहरुको समीक्षा र परिमार्जन गर्ने गराउने समय हो ।

हुम्लाको अदानचुली, सर्केगाड, खार्पुनाथ, नाम्खा र सिमकोट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र जिम्मेवार कर्मचारीहरु विभिन्न कामको वहानामा गाउँपालिका नै खाली राखेर शहर पस्दा यस्तो समस्या देखिएको हो । धेरै जसो गाउँपालिकाका अध्यक्षहरुले कोरोना महामारीका कारण ढिलो भएको जनाएका छन् । अबको हिउँदे अधिवेशनमा गाउँपालिकाको भए गरेका कामहरुको लेखाजोखा गरेर १० प्रतिशत बजेट रकम अन्य अत्यावश्यक कामका लागि रकमान्तर गर्ने सकिने प्रावधान रहेको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायले जानकारी दिए ।

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar