नुवाकोटलाई सरकारले छुट्यायो ४ अर्ब १३ करोड बजेट, कुन स्थानीय तहले कति पाए ?

नुवाकोटलाई सरकारले छुट्यायो ४ अर्ब १३ करोड बजेट, कुन स्थानीय तहले कति पाए ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट पठाएको छ । यस्तो बजेटमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान (पुँजीगत) सहितको वित्तीय हस्तान्तरण शीर्षकमा उक्त बजेट विनियोजन गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको यस्तो बजेटमा प्रदेशलाई ९७ अर्ब ५६ करोड स्थानीय तहको लागि ३ खर्ब २० अर्ब २६ करोड रुपैयाँ पठाएको छ ।

नुवाकोटको १२ वटा स्थानीय तहलाई ४ अर्ब १३ करोड ४३ लाख रुपैयाँ छुट्याएको छ।

कुन स्थानीय तहलाई कति ?

विदुर नगरपालिका –६१ करोड ६९ लाख रुपैयाँ
बेलकोटगढी नगरपालिका –५२ करोड ४४ लाख रुपैयाँ
ककनी गाउँपालिका– ३८ करोड ५४ लाख रुपैयाँ
किस्पाङ गाउँपालिका–२३ करोड ३७ लाख रुपैयाँ
तादी गाउँपालिका–२९ करोड १० लाख रुपैयाँ
तारकेश्वर गाउँपालिका–२३ करोड ८६ लाख रुपैयाँ
दुप्चेश्वर गाउँपालिका–३७ करोड ६८ लाख रुपैयाँ
पञ्चकन्या गाउँपालिका–२५ करोड ८० लाख रुपैयाँ
म्यागङ गाउँपालिका–२६ करोड १८ लाख रुपैयाँ
लिखु गाउँपालिका– ३० करोढ ४८ लाख रुपैयाँ
शिवपुरी गाउँपालिका–३५ करोड ३५ लाख रुपैयाँ
सूर्यगढी गाउँपालिका–२९ करोड ४ लाख रुपैयाँ

प्रकाशित मिति:     २० जेष्ठ २०८२, सोमबार  |    Himali Khabar