नागार्जुनमा बद्री नारायण धामको प्राण प्रतिष्ठानको जानकारीका लागि वाकाथन

नागार्जुनमा बद्री नारायण धामको प्राण प्रतिष्ठानको जानकारीका लागि वाकाथन

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको बद्री नारायण धामको प्राणप्रतिष्ठा गरिने भएको छ । यही वैशाख १९ देखि २७ गतेसम्म प्राणप्रतिष्ठा कार्यक्रम गरिने जनाइएको छ । त्यसका लागि केही दिन अघि अल नेपाल स्पार्ट फाउन्डेशन र नारायण पोखरेल प्रतिष्ठानको संयुक्त आयोजनामा सितापाइलाको सेल्सबेरीदेखि बद्री नारायण धामसम्म वाकाथन कार्यक्रम समेत आयोजना गरिएको थियो ।

बद्री नारायण धामको ऐतिहासिक महत्वलाई जनचेतना दिलाउनु र प्राणप्रतिष्ठा कार्यक्रमकोबारेमा नागरिकलाई अवगत वाकाथन आयोजना गरिएको जनाइएको छ । यसमा देशभरका नागरिक, युवा वर्ग, र खेलकुदका समर्थकहरूलाई भाग लिनका लागि आग्रह गरिएको छ।

यस कार्यक्रमको माध्यमबाट धार्मिक स्थलहरूको संरक्षण, सामाजिक जागरूकता, र स्थानीय पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ। यस कार्यले न केवल धार्मिक स्थलहरूको संरक्षणमा योगदान पुर्याउँछ, तर समुदायको एकता र सहयोगलाई पनि बल पुर्याउँछ । यो कार्यक्रममा नागार्जुन नगरपालिका वडा नम्बर ६ वाट विभिन्न ४२ समूहको सहभागिता रहेको थियो । सहभागिहरुलाई पानीको व्यवस्थापन यसै वडामा रहेको श्यामेश्वर कृषि बहुउद्धेश्यीय सहकारी लिमिटेडले वडा नम्बर ६ का नवराज पुरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति:     ८ बैशाख २०८२, सोमबार  |    Himali Khabar