बुहुनीबेशीमा ३४ करोडको पुल प्रयोगहिन, लट्ठा चुँडिएको पुलमा रोइलो

बुहुनीबेशीमा ३४ करोडको पुल प्रयोगहिन, लट्ठा चुँडिएको पुलमा रोइलो

काठमाडौं । राज्यको ३४ करोड लगानीमा निर्मित विदुर-६ बुहुनीबेशीस्थित पुल लगभग प्रयोग बिहिन जस्तै छ । दुई लेनको पुल निर्माण सम्पन्न भएको ५ बवर्ष भइसक्दा पनि उक्त पुलबाट लामो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेको छैन । एउटै वडामा रहेको अर्को पुलको लट्ठा चुद्बडिएसँगै नेताहरुको रोइलो भने शुरु भइसकेको छ ।

विदुर नगरपालिका ६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको भन्दै मेयरदेखि विभिन्न राजनीतिक दलका नेताहरुको रोइलो जारी छ । तर बुहुनीबेशीस्थित पुलबाट सवारी चलाउने पहल भने कसैले गरेका छैनन् । पिपलटार तर्फको सडक र समिको बोटदेखि कृषि सडकसम्मको बाटो पिच रहेको पुलको छेउमा भने दुई सय मिटरजति कालोपत्रै बाँकी छ ।
देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको साँघुरो पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएपछि विकल्पका रुपमा बुहुनीबेशीको पुल तम्तयार छ । मुल सडकसम्मको पहुँच मार्ग पनि कालोपत्रे हुँदा पनि पुल सञ्चालनमा नगरपालिकासहित सरोकारवाला मौन छन् ।


बुहुनीबेशीको पुल प्रयोग गरेर सहज रुपमा चैनपुर, दाङसिंह, गोरस्याङ जान सकिन्छ । यस्तै तारुका हुँदै धादिङ जाने बाटो पनि छ ।
राज्यले ठुलो लगानी गरेर बनाएको पुल प्रयोगमा ल्याउनुपर्ने स्थानीय बताउँछन् । कांग्रेस नेता प्रकाश अर्यालले पुलको प्रयोग गर्ने वातावरण बनाउन विदुरका मेयर राजन श्रेष्ठलाई आग्रह गरिएको जानकारी दिए ।

मध्यपहाडी सडक आयोजनाका ठेकेदारको बेइमानी
पीपलटारको मुल सडकदेखि बुहुनीबेशी हुँदै मुलथलासम्मको सडकको जिम्मा पाएका ठेकेदार रामबहादुर जीसीले बाटो अलपत्र पार्दा स्थानीय सकसमा परेका छन् । बुहुनीबेशीमा रहेको बालुवाको ढिस्को खनेर काम रोकेका ठेकेदारमाथि कारबाही र निरन्तर कामका लागि स्थानीयले पटक पटक माग गरे पनि ठेकेदारले काम रोकेका छन् । स्थानीयको घर अगाडी भिर बनाएर ठेकेदार चुप बस्दा स्थानीय सरकारको मौनता पनि आश्चर्यजनक छ ।

प्रकाशित मिति:     २४ चैत्र २०८०, शनिबार  |    Himali Khabar