बेलकोटगढी –४ जलजलेमा अवैध उत्खन्न, जनप्रतिनिधिले ठेकेदारसँग सेटिङ गरेको आरोप (फोटो फिचर)

बेलकोटगढी –४ जलजलेमा अवैध उत्खन्न, जनप्रतिनिधिले ठेकेदारसँग सेटिङ गरेको आरोप (फोटो फिचर)

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा विकासका नाममा अवैध उत्खन्न भइरहेको छ । वडा नम्बर ४ स्थित जलजले क्षेत्रमा भइरहेको सडक निर्माणका लागि आवश्यक ढुंगा जलजले खोला र वन क्षेत्रबाट अवैध उत्खन्न भइरहदा पनि नियन्त्रणकारी निकाय चुपचाप छ।

दिनदाहाडै वन र खोला क्षेत्रमा डोजर चल्दा पनि मेयर र वडाअध्यक्ष भने मौन बस्नु आश्चर्यको विषय छ । नगरपालिका मेयर जगतबहादुर गुरुङ र वडा अध्यक्ष चन्द्रबहादुर लामा (जनम) आफ्नै क्षेत्रमा ठेकेदारले दादागिरीशैलीमा दिनदाहडै अवैध उत्खन्न गर्दा र स्थानीयले त्यसको खुलेर बिरोध गर्दा नत अनुगमन गर्न पुगेका छन् नत स्थानीयको गुनासो नै सुनेका छन् । मेयर र अध्यक्षको यस्तो मौनताले कतै उनीहरु ठेकेदारसँग मिलेमतो गरेको त होइन भन्ने आशंका बढाएको स्थानीयको आरोप छ । तर स्थानीय भने वर्खायाममा पहिरोको जोखिम बढाएको भन्दै सामाजिक संजालमा चर्को विरोध गरिरहेका छन् ।

ठेकेदारले काम गर्न सहजता खोज्दा भविष्यमा आउने संकट र अवैध उत्खन्नबारे जानकारी गराउँदा पनि मेयर गुरुङ र वडा अध्यक्ष लामा भने तैचुपमैचुप रहेको स्थानीयले गुनासो गरेका छन् । यसले ठेकेदार र जनप्रतिनिधिको सेटिङमा अवैध उत्खनन् भएको आरोप स्थानीयको छ । दैनिक सर्यौ टिपर ढुंगा उत्खन्न हुने गरेको स्थानीयले जानकारी दिए ।

करिब ३ करोड रुपैयाँको लागतमा अहिले यहाँ सडक निर्माण भइरहेको छ ।

प्रकाशित मिति:     ३० फाल्गुन २०८०, बुधबार  |    Himali Khabar