शर्माको नेतृत्व र बस्नेतको सम्लग्नतामा जाजरकोट भुकम्प पिडितलाई १५ घर बनाइने

शर्माको नेतृत्व र बस्नेतको सम्लग्नतामा जाजरकोट भुकम्प पिडितलाई १५ घर बनाइने

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी शान्त शर्माको नेतृत्व र वरिष्ठ गायक तिलक बस्नेत समेतको सम्लग्नतामा जाजरकोट भुकम्प पिडितका लागि १५ वटा घर बनाइने भएको छ । शर्माले आजै घर निर्माणका लागि ५० हजार रुपैयाँ, उनकी छोरी एन्जेलिना अर्यालले ५० हजार र वरिष्ठ गायक तिलक बस्नेतले ५० हजार रुपैयाँ जम्म गरेर रकम संकलन सुरु गरेका छन ।

यो पबित्र अभियानमा आर्थिक साथै श्रमदान गर्न चाहनेलाई ढाेका खुल्ला रहेको शर्माले बताउनुभयो ।

सरकारसँग समन्वय गरि भुकम्प प्रतिरोधी घर बनाउने जनाइएको छ । साथै परिवार सदस्यको संख्या हेरेर आवश्यकता अनुसारको घर बनाइने शर्माले हिमाली खबरलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति:     २० कार्तिक २०८०, सोमबार  |    Himali Khabar