गोसाइँकुण्ड १ का छिरिङ बेपत्ता, अवस्था सार्वजनिक गर्न काङ्ग्रेसको माग

गोसाइँकुण्ड १ का छिरिङ बेपत्ता, अवस्था सार्वजनिक गर्न काङ्ग्रेसको माग

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर १ का छिरिङ तामाङ बेपत्ता भएका छन । थुमनमा भएको घटनामा सरोकार नै नभएका तामाङलाई पक्राउ गरि सदरमुकाम धुन्चे ल्याउने क्रममा बाटाेबाट बेपत्ता पारिएको भन्दै नेपाली काङ्ग्रेसको भातृ संघ संस्था समन्वय विभाग प्रमुख शिव प्रसाद पौडेलले उनको अवस्था सार्वजनिक गर्न माग गरेका छन ।

तामाङको घटनामा कुनै सम्लग्नता नरहदा पनि स्थानीय जनप्रतिनिधि समेतको दबाबमा उनलाई पक्राउ गरिएको आरोप छ । राजनीति दबाबमा पक्राउ गर्नु गम्भीर बिषय भएको भन्दै तत्काल उनको अवस्था सार्वजनिक गर्न अन्यथा जनप्रतिनिधि समेत सम्लग्न सबैलाई कारबाही गर्नुपर्ने विभागले विज्ञप्ति मार्फत गरेको छ ।

प्रकाशित मिति:     ९ कार्तिक २०८०, बिहीबार  |    Himali Khabar